नियम
अस्थायी दर्ता

(१) आधारभूत शैक्षिक योग्यता र काउन्सिलले तोके बमोजिमको प्रिरजिष्ट्रेशन तालिम वा इन्टर्नशीप वा रेजिडेण्ट तालीमजब पूरा गरेको नेपाली नागरिकले अस्थायी दर्ता गराउनको लागि काउन्सिल समक्ष निवेदन दिन सक्नेछ ।
(१क) नियम ७ बमोजिमको योग्यता हासिल गरेको व्यक्तिले विशेषज्ञको रूपमा अस्थायी दर्ता गर्नको लागि काउन्सिल समक्ष निवेदन दिन सक्नेछ। (२) अस्थायी दर्ता सम्बन्धी दस्तुर अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।
(३) अस्थायी दर्ता सम्बन्धी अन्य व्यवस्था काउन्सिलले तोके बमोजिम हुनेछ ।